Logo
Logo

बालुवाटार छोड्दै ओली, कार्यकर्ताले बालकोट पुर्याउने


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पदबाट अपदस्थ गरेका केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दैछन् ।

ओली ४० महिनापछि बालुवाटारबाट आज बिहान ११ बजे बाहिरिने बताइएको छ । ओलीलाई एमालेको युवा सदस्ता युथफोर्सको स्कर्टिङमा नीजि निवास बालकोट पुर्याउने तयारी गरिएको छ ।

दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्याइने एमालेका युवा नेता महेश बस्नेतले दावी गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका थिए । देउवा र देउवा सरकारका चार मन्त्रीले समेत सपथग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्