Logo
Logo

देउवाका क्याविनेट सारथीः जनयुद्धका कमाण्डरदेखी किसुनजीका विश्वासपात्रसम्म


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुईर दुई नेतालाई सरकारमा सहभागी गराएका छन् । प्रधानमन्त्रीको सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन् ।

चार मन्त्रीको संक्षिप्त जीवनी यस्तो छ–

बालकृष्ण खाँण, गृहमन्त्री
२०१७ सालमा स्याङ्जामा जन्मेका खाँण २०३३ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व सम्हाल्दै पार्टी राजनीतिमा सक्रिय खाँणले यसअघि सिँचाइ र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । कांग्रेस प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका खाँणले अहिले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

ज्ञानेन्द्र कार्की, कानुनमन्त्री
सन् १९५७ मा भोजपुरमा जन्मेका कार्की नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । २०३९ सालमा नेवि संघको अध्यक्ष बनेका कार्की सन्तनेता कृष्णप्रसाद भट्टराईका विश्वासपात्र थिए । यसअघि जलस्रोत र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कार्कीले अहिले कानुन मन्त्रालयको जिम्मा पाएका छन् ।

जनार्दन शर्मा, अर्थमन्त्री
रुकुम पश्चिमबाट निर्वाचित शर्मा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा डेपुटी कमान्डरको जिम्मेवारी सम्हाल्दै खुला राजनीतिमा आएका हुन् । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित एकीकरण गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले यसअघि ऊर्जा, शान्ति, गृहसहितका मन्त्रालय सम्हालिसकेका छन् ।

सम्फा भुसाल, उर्जान्त्री
यस्तै माओवादी स्थायी समिति सदस्य भुसाल अन्तरिम विधायकसहित तीनपटक सांसद भइसकेकी छिन् । सशस्त्र युद्धमा सक्रिय भुसालले महिला, बालबालिका तथा समाज कल्याण, सामान्य प्रशासन र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्