Logo
Logo

खाद्यान्नमा विदेशी निर्भरता झन् वढ्यो


- दृष्टि न्युज/संवाददाता



नेकपा(नेकपा) सरकारको यस आर्थिक वर्षको ७ महिनामा खाद्यान्न आयात २० प्रतिशतले वढेको छ । यो तथ्यांक सरकारी निकाय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रकाशित गरेको हो ।

गत वर्ष भन्दा २० प्रतिशतले खाद्यान्न आयात वढ्नु भनेको विदेशी निर्भरता यो सरकारको पालामा झन् वढ्नुृ हो ।

यस सात महिनामा ३२ अर्ब ५२ करोड वरावरको खाद्यान्न आयात भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

गत वर्ष सो अवधीमा २७ अर्बको मात्रै खाद्यान्न आयात भएको थियो ।

नेकपा(एमाले) र (माओवादी केन्द्र)को चुनावी घोषणा पत्रमा भनिएको थियो—“नवउदारवादको अन्ध पक्षपोषणले अनुत्पादक र उपभोक्तावादी पुँजीवादलाई बढावा दिइरहेको वर्तमान स्थितिलाई अन्त्य गरी राष्ट्रिय उत्पादनशील पुँजी, श्रम र रोजगारी केन्द्रित औद्योगिकीकरण एवं विकास नीति अवलम्बन गरिनेछ ।”

तर सरकारको काम भने उल्टो रहेकोछ । यसैको परिणाम स्वरुप खाद्यान्नमा आत्मनिर्भर नेपाल पंच सरकार र कांग्रेस सरकार हुँदै नेकपा सरकार सम्म आइपुग्दा खाद्यान्नमा परनिर्भर भैरहेको छ र यसमा अझ वृद्धि भैरहेकोछ ।

श्रमीक शक्तिलाई विदेशमा वेच्ने र खाद्यान्न लगायत आवश्यक वस्तु भने आयात गर्ने पुरानो सरकारहरुका नीतिलाई वर्तमान सरकारले पनि अंगालीरहेकोछ ।

नेपाल मै कृषि र औद्योगिक उत्पादन गर्ने वातावरण मिलाउने विषयमा वर्तमान सरकारपनि असफल देखिएकोछ ।

आयातमा आधारित राजश्व र श्रमिक वेच्ने पुराना सरकारहरुको दलाल पूँजीवादी नीतिलाइ वर्तमान अर्थमन्त्रीले पनि मूलमन्त्र वनाइरहेसम्म मुठ्ठिभरको विकास भएपनि वहुसंख्यक जनताले दुख पाइरहने देखिन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्