काठमाडौं । नेपालमा थप २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ८ हजार ८०१ जनाको पीसीआर गर्दा २ हजार १० जना र ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६०६ जना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना मंक्रमणमुुक्त हुनेको संख्या ६ लाख २४ हजार ७११ पुगेको छ ।











