Logo
Logo
गण्डकी प्रदेश सभा

मार्सल लगाएर बजेट पास, एमाले सांसदले फाले टेबल


दृष्टि संवाददाता


काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् बैठक लगातार अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर बजेट पारित गरिएको छ ।बुधबार बसेको प्रदेश सभाकाे तीन पटक स्थगित भएकाे बैठक भएपछि बसेकाे चाैथाे बैठकमा ठूलाे संख्यामा मर्यदापालक राखेर बजेट पारित गरिएकाे हाे ।

एमालेले बुधबार बिहान अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । यसबारे मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने एमालेको अडान थियो ।

 एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोके । त्यसक्रममा एमालेका केही सांसदले बैठक हलको टेबल उचालेर फालेका थिए ।

त्यसका बाबजदु सभामुख अधिकारीले बैठक नरोकेपछि एमाले संसदहरु बैठक छाडेर बाहिरिए भने बहुमतले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको थियाे ।

 । गैर–बजेटरी विनियोजन गरेको १६ करोडको विवरण सार्वजनिक गर्न माग गर्दै एमालेले अवरोध गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्