Logo
Logo

यि हुन् गण्डकी प्रदेश सभामा टेबल फ्यांक्ने एमाले सांसद


दृष्टि संवाददाता


काठमाडाैं । गण्डकी प्रदेशका एमाले सांसद रामशरण बस्नेतले टेबल नफ्यांकेकाे दावी गरेका छन् ।

बुधबार अपराह्न प्रदेश सभाकाे बैठकमा छलफल विना नै बजेट पारित गरेकाे भन्दै विराेध जनाउँदै नेता बस्नेतले टेबल फ्यांकेका थिए । तर, प्रकरण पश्चात् एमाले संसदीय दलले गरेको पत्रकार सम्मेलनमार्फत बस्नेतले आफूले टेबल फालेको नभई राखेको स्पष्टोक्ति दिएका छन् ।

नेता बस्नेतले उल्टै पत्रकारले चरित्र हत्या गर्न खाेजेकाे बताए । उनले पत्रकारलाई भिडियो हेर्न सुुझाव दिए । उनले भने, “त्यहाँ टेबल फालेको देखिन्छ कि राखेको देखिन्छ ?”

हान्नै खोजेको भए एमाले कमजोर नरहेको एमाले संसदीय दलका नेता मायानाथ अधिकारीले प्रतिक्रिया दिए ।

हेर्नुहाेस् सांसद बस्नेतले टेबल फ्यांक्दै गरेकाे तस्वीर :

प्रतिक्रिया दिनुहोस्