Logo
Logo

उपत्यका प्रवेशमा सार्वजनिक सवारीलाई खुकुलो


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेज्ञाज्ञा १० साउनसम्म लम्ब्याउने निर्णय गरिएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन् ।

यस्तै, उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यका प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले १० साउनसम्म लम्ब्याउने निषेधाज्ञा निर्णय गरेको हो ।

भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्