Logo
Logo

थप २ हजार ६७६ जना संक्रमित, ३३ को मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । बिहीबार थप २ हजार ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्