Logo
Logo

लुम्बिनीको बजेट पारित नहुने, मुख्यमन्त्री नैतिक संकटमा


दृष्टि संवाददाता


रूपन्देही । लुम्बिनी प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट लगभग पारित नहुने भएको छ । बजेट पारित नहुने भएपछि मुख्यमन्त्री शंकर पोखरेल नैतिक संकटमा पर्ने भएका छन् ।

लामो समयदेखि मुख्यमन्त्री अल्पमतमा रहेको बताउँदै आएको विपक्षी गठबन्धनले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । आजकाे प्रदेश सभा बैठकमा मन्त्रीहरुले जवाफ दिनेक्रम सकियो भने आजै निर्णयार्थ बजेट पेस हुनेछ ।

विपक्षी गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

८३ सदस्यीय प्रदेश सभामा अहिले नेकपा (एमाले)को पक्षमा ४१ जना प्रदेशसभा सदस्य छन् । त्यसमा पनि ३ जना महन्थ ठाकुर समूहको जसपाका हुन् । विपक्षसँग भने सभामुखसहित ४२ सदस्य संख्या छ ।

सत्ता पक्षले लामो समयदेखि सहमतिमै बजेट पारित गर्ने प्रयास गरेको थियो । तर, अन्त्यमा विपक्षीले विपक्षमा मतदान गर्ने भएपछि सत्तापक्षको प्रयास खेर गएको हो ।

प्रतिक्रिया दिनुहोस्