Logo
Logo

संसद बैठक सञ्चालनका विषयमा सत्तारुढ गठबन्धनबीच छलफल


दृष्टि संवाददाता


काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठकमा सरकारको काम र आगामी ३ गतेका लागि बोलाइएको संसद बैठकको विषयमा छलफल भएको छ । सरकार गठन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा समसामयिक विषयमा कुराकानी भए पनि ठोस कुनै निर्णय नभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनले भने,‘संसद बैठक आह्वान भइसकेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा सैद्धान्तिक छलफल भयो ।’

बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्