Logo
Logo

अधिवक्ता खम्म खाती महान्यायाधिवक्ता नियुक्त


दृष्टि संवाददाता


काठमाडाैं । सरकारको कानुनी सल्लाहकारको रुपमा रहेको महान्यायाधिवक्तामा अधिवक्ता खम्म बहादुर खाती नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

बाजुरा निवासी खाती लामो सयदेखि काठमाडौंमा रहेर वकालत गरिरहेका छन्। 

सर्वोच्चको आदेश अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमबाट पदमुक्त भएपछि रमेश बडालले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । सोही रिक्त रहेको पदमा देउवाले खातीको नाम सिफारिस गरेका थिए ।

संविधानको धारा  १५७ को उपधारा २ बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्