Logo
Logo

सरकारबारे धारणा बनाउन जसपाको बैठक बस्दै


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडौं । जनता सामाजवादी (जसपा)महन्थ ठाकुर पक्षको बैठक आज शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको हो ।

अर्को अध्यक्ष उपेन्द्र यादव पक्ष प्रतिनिधिसभा पुर्नस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको प्रति उत्साहित भएपनि ठाकुर पक्षले कुनै प्रतिक्रिया दिएको छैन । जसपा (महन्थ ठाकुर पक्ष)का कार्यकारिणी सदस्य अनिलकुमार झाले सर्वोच्चको आदेशको बारेमा जसपाको बैठक बसेर धारणा बनाउने बताएका छन् ।

यस्तै, शनिबार जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्ष ठाकुरले हेरफेर गरि कायम गरिएको कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000