Logo
Logo

महान्यायाधिवक्ता खातीले लिए शपथ


दृष्टि संवाददाता


काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले शपथ लिएका छन् । शुक्रबार सर्वोच्च अदालतमा खातीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

महान्यायाधिवक्तालाई शपथ ग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भइनन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ गरिएको हो ।

महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउँदै आइएको थियो तर यसपटक भने राष्ट्रपति शपथग्रहण उपस्थिति भइनन् ।

प्रतिक्रिया दिनुहोस्