Logo
Logo

चीनले थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने


दृष्टि संवाददाता


काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप दिने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बधाई दिन यान्छी बालुवाटार पुगेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराएकी थिइन् ।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि धन्यवाद दिँदै कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि चिनियाँ सरकारबाट थप सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गरे।

प्रधानमन्त्री नियुक्त भएको ४ दिनपछि चिनियाँ रावदूत यान्छी देउवालाई भेट्न शुक्रबार सरकारी निवास बालुवाटार पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्