Logo
Logo

सर्वोच्चविरुद्ध एमालेले देशभर अभियान चलाउने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले सर्वोच्चको फैसलाविरूद्ध देशभर भण्डाफोर चलाउने भएकाे छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको एमालेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनासहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशको भण्डाफोर गर्ने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतले दलीय व्यवस्था र लोकतन्त्रको उपहास एमालेको ठहर छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, सर्वाेच्चले निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गर्याे । त्यसप्रति हाम्रो बैठकले आपत्ति व्यक्त गरेको छ, यसलाई व्यापकरुपमा जनताका बीचमा भण्डाफोर गर्ने निष्कर्ष पनि निकालेका छौं । यसलाई हामी व्यापक जनताका बीचमा पुर्‍याउनेछौं ।’

बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानका धारा र उपधाराको अपव्याख्या गर्दै जनमतलाई बेवास्ता गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको एमालेको भनाइ छ ।

प्रत्येक संसद्को पूर्वसन्ध्यामा संसदीय दलको बैठक बस्ने प्रचलनअनुसार बैठक बसेको भट्टराईले बताए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी संसद् बैठकमा नेकपा एमालेको तर्फबाट व्यक्त गर्नुपर्ने धारणाका विषयमा अध्यक्ष केपी शर्मा ओलीले बोलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्