Logo
Logo

चिनियाँ राजदूत यान्छी खुमलटारमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेट्न चिनियाँ राजदूत होउ यान्छी खुमलटार पुगेकी छन् । शुक्रबार बिहान राजदूत यान्छी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।

भेटवार्तामा उनीहरुबीच नयाँ गठबन्धन सरकारको विषयमा छलफल भएको बताइएको छ । भेटका क्रममा प्रचण्डले राजदूत यान्छीमार्फत चीनलाई थप खोप सहयोग गर्न आग्रह गरेका छन् ।

चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेकी छन् । भेटका क्रममा उनले नेपाललाई थप १६ लाख कोभिड खोप उपलव्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्