Logo
Logo

मन्त्री र राज्यमन्त्रीसहित प्रदेश २ सरकारमा माओवादी सहभागी हुने


दृष्टि संवाददाता


काठमाडाैं । एक मन्त्री र राज्यमन्त्रीसहित प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमति भएपछि माओवादी सरकारमा सहभागी हुने भएकाे हाे ।

दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय भएकाे छ । शनिवार दुवैले पद तथा गाेपनियताकाे सपथ लिनेछन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर ठूला दुई मन्त्रालय मागेपछि सहमति नबन्दा माओवादी सरकारमा सहभागी भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्