Logo
Logo

कांग्रेसमा ९ लाख पुगे क्रियाशील सदस्य


दृष्टि संवाददाता

819
Shares

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या नौ लाख पुगेको छ ।

कांग्रेस नेता रमेश लेखकका अनुसार देशभित्रका ८ लाख ५२ हजार र विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य पुगेको हो । कांग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्य बनाउने बताएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवाद समिति र विमलेन्द्र निधि नेतृत्वको पार्टी समायोजन समितिका विषयमा छलफल भएको छ ।

नेता लेखकका अनुसार क्रियाशील सदस्यतासम्बन्धी विवाद लगभग सकिएको र केही जिल्लामा मात्र अवस्था अझै अन्यौलमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्