Logo
Logo

शशांक निवासमा कोइराला परिवारकाे ‘लञ्च मिटिङ’


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका कोइराला परिवारका तीन नेताबीच कांग्रेस महामन्त्री डा शशांक कोइरालाको निवासमा भेटवार्ता भएको छ ।

महामन्त्री कोइराला निवासमा शेखर कोइराला र सुजाता कोइराला पुगेका हुन् । शेखर कोइरालाको आग्रहमा ​नेतात्रयबीच लञ्च मिटिङको आयोजना गरिएको हो ।

कोइराला परिवारका यी तीन जना एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो । १४ औं महाधिवेशनमा सभापतिका लागि कोइरालात्रयले नै दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

छलफलमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार निर्माणपछिको राजनीतिक परिस्थितिबारे कुराकानी भएको नेता सुजाताले बताइन् । उनले भनिन्, ‘पार्टीको १४ औं महाधिवेशन हुँदैछ । समस्याका बीच महाधिवेशन कसरी गराउने ? भन्नेबारे छलफल भएको छ ।’

यस्तै, बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो पक्षबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि कुराकानी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्