काठमाडौं । उपेन्द्र–बाबुराम पक्षले बोलाएको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठकमा महन्थ पक्षका सांसदहरू सहभागी भएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार बोलाएको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसदहरू सहभागी भएका हुन् ।
उपेन्द्र पक्षका नेता मोहम्मद इस्तियाक राईका अनुसार महन्थ पक्षमा रहेका सांसदहरु प्रमोद साह, रुही नाज, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल आफ्नो पक्षको बैठकमा सहभागी हुन् ।
जसपामा अहिले महन्थ ठाकुर र राजेन्द्र महतो तथा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष गरी स्पष्ट दुई समूह विभाजित छन् । दुई पक्षबीच फुटको औपचारिक घोषणा हुन मात्र बाँकी छ । उनीहरुले आफूलाई आधिकारिक दाबी गरेपछि विवाद अहिले निर्वाचन आयोगमा विचाराधीन छ।











