Logo
Logo

ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्छौं : महेश बस्नेत


दृष्टि संवाददाता

22.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्ने बताएका छन् ।

भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै नेता बस्नेतले कसैले छोए अरिंगाल झै जाइलाग्ने बताएका हुन् । उनले भने, ‘हामी वाइसीएल जस्तो अपराध गरेर हिँड्दैनौं । हामीलाई कसैले प्रहार गर्छ भने छाड्दैनौं ।’

बस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए । उनले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए ।

बस्नेतले काठमाडौंमा साउन ९ गते युथफोर्सले मार्चपास गर्ने समेत बताए । उक्त मार्चपासमा १० हजार युथफोर्सका कार्यकर्ता उतार्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्