Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : जसपा सरकारमा सहभागी हुनेदेखि लामो दूरीका यातायात खुलाउनेसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने, सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट गर्नुपर्ने, साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा आफ्ना कार्यकर्तालाई लागेको मुद्दा फिर्ता लिन सरकारले प्रतिवद्धता गर्नुपर्ने अडान ।

२. नेकपा माओवादी केन्द्रबाट प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ, आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा भरतप्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्ण, प्रदेश प्रमुख डा राजेश अहिराजले मन्त्री साहलाई र मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाए ।

३. नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु, दुई हजार १६४ जना संक्रमणमुक्त, कुल संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगे, ६ लाख ३० हजार ४०७ डिस्चार्ज ।

४. लामो दूरीका सार्वजनिक यातायात खुलाउन कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)द्वारा सिफारिस, अब बस्ने मन्त्रिपरिषद बैठकले लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय गर्न सक्ने सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाको भनाइ ।

५. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्थाबारे र काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारमा जानेबारे छलफल ।

६. नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा स्थायी कमिटी बैठक आह्वान, पार्टी संरचनालाई २०७५ जेठ २ गते अगाडि फर्काउँदै एमालेले वरिष्ट नेता माधव कुमार पक्षलाई पनि बोलायो, माओवादीले समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट नेपाली कांग्रस सभापति शेरबहादुर देउवा सरकारमा मन्त्रीहरुको सहभागिताबारे छलफल गर्ने ।

७. उपेन्द्र-बाबुराम पक्षले बोलाएको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठकमा महन्थ पक्षका पाँच सहभागी, सांसदहरु प्रमोद साह, रुही नाज, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकालले महन्थ पक्ष छाडे ।

८. नेपाली कांग्रेसका कोइराला परिवारका तीन नेता महामन्त्री डा शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच भेटवार्ता, कोइराला परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास, १४ औं महाधिवेशन र नयाँ सरकार निर्माणपछिको राजनीतिक परिस्थितिबारे छलफल ।

९. नेपाल खेलकुद महासंघको काठमाडौं जिल्ला कमिटी गठन, संयोजक राजेश्वरमान स्थापितको अध्यक्षतामा सय ५१ जना सदस्य कमिटी गठन, अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सी आधा तलब घटाएर स्पेनिस क्लब बार्सिलोनामै रहने ।

१०. भारतमा महामारीको तेस्रो वेभको खतरा, आगामी १०० दिनमा बढी जोखिम रहेको भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाको भनाई, महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउन नागरिकहरुलाई सरकारको आग्रह, अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु, वेस्ट फेलिया प्रान्तका नर्थ सबैभन्दा प्रभावित ।

प्रतिक्रिया दिनुहोस्