Logo
Logo

काठमाडौंमा बर्डफ्लु फैलियो, ३५० काग मरे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ ।

काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच(एन) संक्रमण भएको देखिएको विभागले जनाएको आजको नयाँ पत्रिकामा दैनिकमा समाचार छापिएको छ ।

‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच(एन) पोजेटिभ देखियो,’ प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने । नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलोपटक पुष्टि भएको चिकित्सकहरूले बताएका छन् । पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्