Logo
Logo

‘देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जानैपर्छ भन्ने हुँदैन’


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जनुपर्छ भन्ने नभएको बताएका छन् ।

देउवाले संसद्‌बाट विश्वासको मत लिनुअघि सामाजिक सञ्जालमार्फत पन्तले भनेका छन्, ‘शेरबहादुर देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जानुपर्छ भन्ने हुँदैन ।’

उनले पार्टीको विवाद समाधानका लागि एमाले कार्यदलको सुझावलाई आधार बनाएर अघि बढ्नुपर्ने आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्– ‘कार्यदलको सुझावलाई आधार बनाएर एकता मजाले गर्न सकिन्छ, चाहेमा । माधव नेपालको पुत्ला जलाउने, उनकोविरूद्ध मनपरी नारा लाउने र उनलाई पार्टीमा ठाउँ छैन भन्दै अध्यक्ष आफैले भाषण गर्दै परिस्थिति बिगारेको यथार्थलाई पनि मनन गरौं ।’

पार्टी एकताका लागि सबैलाई जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘सबै जिम्मेवार बनौं । पार्टी एकताको प्रयासलाई सफल पार्न आ(आफ्नो ठाउँमा सबैले भूमिका खेलौं । हुनुपर्नेहरूलाई चेतना भयो ।’

प्रतिक्रिया दिनुहोस्