Logo
Logo

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज


दृष्टि संवाददाता


काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज गरेकी हुन् । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का कायम रहेका सदस्य मध्ये उपस्थितको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने गरि अध्यादेश ल्याएको थियो । अध्यादेश अनुसार प्रधानमन्त्री ओलीले लोकसेवा आयोग, अख्तियार र निर्वाचन आयोग लगायतमा नियुक्ती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्