Logo
Logo

देउवालाई विश्वासको मत दिन हेलिकोप्टरबाट आए गगन थापा


दृष्टि संवाददाता


काठमडाौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन कांग्रेस नेता गगनकुमार थापा काठमाडौं आइपुगेका छन् ।

नेपाल महिला संघ व्यास नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न तनहुँकाे दमैली पुगेका थापा आइतबार दिउँसो हेलिकोप्टरबाट काठमाडौं आइपुगेका हुन् ।

पोखरामा दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिमा सहभागी भइ उनी दमौली पुगेका थिए ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आइबार विश्वको मत लिने भएपछि उनी काठमाडौं आएका हुन् । प्रधानमन्त्री देउवाले दिउँसो चार बजे बस्ने पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्