Logo
Logo

देश र जनविरोधी राजनीतिको मतियार नहुन राजीनामा दिएँ : भीम रावल


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अनैतिक र जनता विरोधि राजनीतिको मतियार बन्नुभन्दा राजीनामा उपयुक्त भएको आफूले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसमक्ष राजीनामाको वक्तव्य पढ्दै उनले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । अनैतिक र जनता विरोधि राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको उनले बताए ।

उनले भने, ‘पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र घरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अह, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ,’ उनले भने, ‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्