Logo
Logo

विश्वासको मत दिन ठाकुरलाई प्रधानमन्त्रीको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत दिन आग्रह गरेका छन् ।

आज साँझ विश्वासको मत लिन लागेका प्रधानमन्त्री देउवाले पत्र लेखेरे औपचारिक रुपमै विश्वासको मत मागेका हुन् । प्रधानमन्त्री देउवाले पत्रमा लेखेका छन्– ‘प्रतिनिधिसभाको बैठकमा विश्वासको मत निले कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’

ठाकुरको पक्षमा रहेका २० सांसदमध्ये ८ जना उपेन्द्र यादव समूहमा गइसकेका छन् । अब ठाकुरसँग १२ जना सांसद मात्र बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्