काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमले शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले कारबाही गर्न नसक्ने बताएका छन् ।
संसद वैठक बस्नुपूर्व पत्रकारहरूसँग कुरा गर्दै गौतमले सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर आज स्थायी कमिटीले गरेको निर्णयबाट डराउनु नपर्ने गौतमले बताए । उनले भने, ‘यदि कारवाही भयो भने भोलि फेरि सर्वोच्चले पार्टीमा राख भन्छ । यसमा डराउनुपर्दैन ।’
उनले अर्का उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त भएको बताए । उनले भने, ‘संवैधानिक इजासले नै राजीनामा गर्न पर्दैन भनेको छ । पार्टीको निर्णय मान्ने भए सरकारको विपक्षमा मतदान गर्ने, नमान्ने भए पक्षमा मतदान गर्ने हो । यसमा राजीनामा दिइहरनु आवश्यक थिएन ।’












