Logo
Logo

बजेटसम्बन्धी तीन अध्यादेश सदनमा पेश


दृष्टि संवाददाता


काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ को बजेटसँग सम्बन्धित ३ वटा अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस भएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक अध्यादेश २०७८, वनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पेस गरेका हुन्।

पहिलो बैठकमा अध्यादेश पेश नगरे निस्क्रिय हुने भएपछि प्रतिस्थापन ऐन ल्याउनका लागि प्रतिनीधि सभामा पेश गरेका हुन्। बजेट भाषण गरिनुभन्दा करिब १ साता अगाडि प्रतिनिधि सभा विघटन गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।

अध्यादेशबाट ल्याएको बजेटलाई वैधानिकता दिन सरकारले पहिलो बैठकमा अध्यादेश पेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्