‘ओलीलाई अदालतले होइन अहंकारले हराएको हो’ « Drishti News – Nepalese News Portal
Logo

‘ओलीलाई अदालतले होइन अहंकारले हराएको हो’


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले केपी शर्मा ओलीको सरकार अदालतबाट नभइ अहंकारबाट अपदस्थ भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांसद रिजालले सरकारबाट बाहिरिएपछि अदालतलाई गाली गर्ने प्रवृत्ति गलत रहेको टिप्पणी गर्दै ओली सरकार अदालतबाट नभइ अहंकारबाट अपदस्थ भएकाे बताएका हुन् ।

‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन । मिलेमतोमा संविधान मिच्नेहरूलाई सम्झाउन खोजेको मात्रै हो । अदालतले होइन अहंकारले तपाईंलाई हराएको हो’, डा. रिजालले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्दै नेता रिजालले नेकपा एमालेका नेताहरूलाई ‘धेरै उड्ने वा धेरै गिर्ने’ काम नगर्न सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्