Logo
Logo

पूरा हुँदै केपी ओलीको अठोट, तुइनमुक्त बनाउने काम अन्तिम चरणमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको अठोट अनुसार अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

तुइनको पहिचान भई झोलुङ्गे पुल बनाउन सम्भव भएका स्थानहरुमा आगामी आर्थिक वर्षभित्र तुइन विस्थापित गर्ने कार्य पूरा हुने भएको छ ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सिंहदरबारमा पदभार ग्रहण गर्दै मुलुकमा रहेका तुइन दुई वर्षभित्रमा झोलुङ्गे पुलले विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

उनले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्