Logo
Logo

शेरबहादुर देउवाले पाए बहुमत सांसदको विश्वास


दृष्टि संवाददाता



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको विश्वास पाएका छन् । पुर्नस्थापित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले गरेको विश्वासको मतको परीक्षणमा बहुमत अर्थात् १ सय ६५ सांसदकाे समर्थन जुटाएका हुन् ।

पुर्नस्थापनापछि बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा देउवालाई कांग्रेसबाट ६१, माओवादीबाट ४९ , जसपाबाट ३२ र राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ मत र ओलीनिकट चार सांसदले पनि विश्वासको मत पाए भने राप्रपा तटस्थ बस्याे ।

सर्वोच्चको असार २८ गतेको फैसलापछि प्रतिनिधिसभा पुनःस्थापना भएको हो । अदालतकै परमादेशबमोजिम कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनले संवैधानिक प्रावधानअनुसार आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका हुन् ।

योसँगै देउवाले प्रतिनिधिसभाको कार्यकालसम्म सरकारको नेतृत्व गर्नेछन् भने उनले नै चुनाव गराउनेछन् । यसअघि २०७४ मा पनि देउवा नेतृत्वको सरकारले नै चुनाव गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्