Logo
Logo

भिक्षु अश्वघोषप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जलि


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २३ चैत।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरको निधन भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको जनाउँदै श्रद्धा–सुमन व्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलीले शोक वक्तव्य जारी गरी सात दशकभन्दा लामो समयदेखि प्रव्रजित जीवनयापन गरिरहनु भएका भिक्षु अश्वघोषले बुद्धका सन्देश र दर्शनका विषयमा ज्ञानको व्यापक प्रसार गर्न सम्पूर्ण जीवन समर्पित गर्नुभएको शोक ब्यत्तव्यमा उल्लेख गरिएको छ ।

वि.सं. २०४६ को जनआन्दोलनपछि तत्कालीन संसदमा निर्वाह गर्नु भएको सक्रिय र रचनात्मक भूमिकाको स्मरण गर्दै प्रधानमन्नत्री ओलीले तत्कालीन अश्वघोष नेकपा (एमाले)बाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए ।

वि.स.२०५१ सालमा लुम्विनी विकास कोषको उपाध्यक्ष भएपछि अश्वघोषले बुद्ध जन्म स्थलमा आवश्यक सुधार र गुरुयोजना कार्यान्वयनका लागि योगदान पु¥याउनु भएको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्