Logo
Logo

एमालेले माधव नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निणर्य गरेको छ ।

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय विपरित आफ्नै सरकार ढालेर बनेको सरकारलाई विश्वासको मत दिनु गैरराजनीतिक र अराजकता भएको ठहर गरेको एमालेले स्ष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्