कोरोनाबट ३२ जनाको मृत्यु, दुई हजार ४४५ संक्रमित « Drishti News – Nepalese News Portal
Logo

कोरोनाबट ३२ जनाको मृत्यु, दुई हजार ४४५ संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप दुई हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार १४२ र एन्टिजेन विधिबाट ८०३ संक्रमित पुष्टि भएको हो ।

उक्त अवधिमा कूल ७ हजार ८३३ पीसीआर र तीन हजार ८३१ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १८ हजार ४९४ पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ५८२ पुगेको छ ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप एक हजार २५८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ३३ हजार ३३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्