Logo
Logo

कोरोनाविरुद्धको खोपको व्यवस्था आफूले गरेको ओलीकाे दावी


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई पुग्ने खोपको व्यवस्था आफूले गरेको दावी गरेका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले देउवा सरकारले आफूले नै कोरोनाविरुद्धको खोप ल्याए जसरी प्रचार गरेकोमा असन्तुष्टी जनाउँदै नागरिकलाई पुग्ने खोप आफूले ल्याएको दावी गरेका हुन् ।

उनले देउवालाई इंगित गर्दै कसैले पनि खोप–खोप भन्न जरुरी नरहेको बताउँदै नागरिकलाई पुग्ने खोपको व्यवस्था भइसकेको बताए । उनले आफ्नो कार्यकालमा गरिएका सम्झौता अनुसार नै खोप आउने क्रम सुरु भएकोमा खुसी समेत व्यक्त गरे ।

ुसरकारमा रहँदा जनताको पक्षमा काम गरेका थियौँ,अध्यक्ष ओलीले भने‚ ‘सबै नेपालीलाई लगाउन पुग्ने गरी खोपको व्यवस्था गरेका छौं। अब कसैले जोड दिइराख्न पर्दैन। बाढी पीडितको व्यवस्थापन गर्न सबै तयारी भइसकेका छन् ।’

ओलीले आफु सरकार हुँदा देशको राजनीतिक समस्या समाधान र अन्तर्राष्ट्रिय समस्या समाधानका लागि महत्त्वपूर्ण काम गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्