Logo
Logo

भिक्षु अश्वघोष प्रति सरकारले राजकिय सम्मान अर्पण गर्ने


- दृष्टि न्युज/संवाददाता



यही चैत २२ गते निधन हुनु भएका भिक्षु अश्वघोष महास्थवीरलाई नेपाल सरकारले राजकिय सम्मान अर्पण गर्ने भएको छ ।

उहाँको ९३ वर्षको उमेरमा निधन भएको थियो । थेरवादी वौद्ध परम्परालाई अगाडि वढाउन उहाँको महत्वपूर्ण योगदान रहेको थियो । उहाँ एमालेको सिफारिसमा ०४७ सालमा राष्ट्रिय सभाको सदश्य वन्नु भएको थियो । उहाँले वौद्ध दर्शन सम्वन्धी डेढ दर्जन भन्दा वढी पुस्तकहरु लेख्नु भएकोछ ।

भिक्षु अश्वघोष दृष्टि साप्ताहिकमा करीव पाँच वर्ष स्तम्भकार पनि रहनु भएको थियो । सो समयमा उहाँले वौद्ध धर्म तथा नेपालको विविध विषयहरुमा कलम चलाउनु भएको थियो ।

उहाँको अन्त्यष्ठि शोभा भगवती स्थित कर्णदीपमा आइतवार हुने भएकोछ ।

प्रतिक्रिया दिनुहोस्