काठमाडाैं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपदग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले दुई जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकले विपद् जोखिम न्यूनीकरण ऐन अन्तर्गत रहेर ती क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने र राहत तथा पुननिर्माणका कामहरु अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
असार पहिलो साता आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु लगायतमा क्षेत्रमा धनजनको क्षति पु¥याएको थियो भने मनाङमा पनि क्षति गरेको थियो ।