Logo
Logo

उर्जामन्त्री पम्फा भुसालसँग भारतीय राजदूतकाे शिष्टाचार भेट


दृष्टि संवाददाता


काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि दुई देशबीचका जनताबीच रहिआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले नेपालको विकासमा भारत सरकारले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य हुने विश्वास व्यक्त गरिन् । 

मन्त्री भुसालले नेपाललाई विद्युत् आवश्यक परेका समयमा आयात गर्न सक्ने र बढी भएका समयमा निर्यात गर्न सक्ने अवस्था शुरु भएको भन्दै आगामी दिनमा ऊर्जा  र सिंचाइका क्षेत्रमा सहज सहकार्य हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्