Logo
Logo

प्रहरीकै संरक्षणमा क्यासिनो


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाको दोस्रो महामारीको सुरुवाती दिनमा अत्याधिक प्रभावित बनेको बाँके जिल्लामा अवस्था अझै सहज भइसकेको छैन । संक्रमण घटेपनि जिल्लामा अझै जोखिम कायमै छ । तर, प्रहरी मिलेमतोमा सरकारले निषेध गरिएका गतिविधि समेत निर्वाध सञ्चालन भइरहेका छन् ।

कतिसम्म नेपालगञ्जमा प्रहरी सेटिङमा क्यासिनो समेत खुलाइएको छ । नेपालगञ्ज–१० स्थित होटल ड्रिमल्याण्डमा सञ्चालित ह्याप्पी आवर नामक मिनि क्यासिनो गोप्य रुपमा सञ्चालन हुन थालेको हो । जहाँ भारतबाट जुवाडेहरु ल्याउने गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा जुवा खेलाउने गरिएको स्रोत बताउँछ । खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ल लगायतको सो मिनि क्यासिनोमा लगानी छ । मल्लको समूहले अवैध रुपमा क्यासिनो बाहिर समेत जुवा खेलाउँदै आएको छ ।

नेपालगञ्जका चार वटा होटलले मिनि क्यासिनो सञ्चालन गर्ने अनुमति लिएका छन् । सोल्टी होटल, होटल स्नेहा, होटल ड्रिम ल्याण्ड र होटल सिद्धार्थ भ्यू । सोल्टीमा रहेको महाजंग क्यासिनाको सञ्चालक विनोद श्रेष्ठ हुन् । सिद्धार्थ भ्यूमा सञ्चालित ज्याकपट ग्याम्लिङ सेन्टरको सञ्चालकमा राजिव आचार्य छन् । ड्रिम ल्यान्डमा रहेको ह्याप्पी आवर क्यासिनोको सञ्चालकमा सुरेन्द्रबहादुर सिंह रहेपनि यसका पछाडि एमाले नेताहरु छन् । उनीहरुले बाँकेका एसपी श्यामकृष्ण अधिकारीलाई समेत प्रभावमा पारेर क्यासिनो चलाइरहेको स्रोत बताउँछ । पछाडिको ढोकाबाट जुवाडे छिराएर जुवा खेलाउने गरिन्छ । जहाँ नेपालीहरु समेत पुग्ने गरेका छन् । जबकि नेपालीलाई क्यासिनो प्रवेश निषेध छ ।

प्रतिक्रिया दिनुहोस्