Logo
Logo

मिटरब्याजमा सिआइबी


दृष्टि संवाददाता


काठमाडौं । गम्भीर किमिसका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको बिशिष्टिकृत निकाय केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) पछिल्लो समय मिटर ब्याजसम्बन्धी अनुसन्धानमा लागेको छ । ठूला घटनाको अनुसन्धान असफल हुँदा प्रहरीको आलोचना भइरहेका बेला सिआइबीले एक मिटरब्याजीका आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

करिब १९ करोडको चेकसहित गणेश उप्रेती नामक मिटरब्याजीलाई ब्यूरोले पक्राउ गरेको हो । केही प्रहरी अधिकारीको व्यक्तिगत स्वार्थमा उनलाई पक्राउ गरिएको स्रोत बताउँछ ।

समाजमा चेक बाउन्सको जालो डरलाग्दो छ । तर, रमाइलो के छ भने यसमा अप्रत्यक्ष रुपमा प्रहरी अधिकारीकै संरक्षण हुने गरेको छ । प्रहरी अधिकारी नै मिटरब्याजमा पैसा लगाउने धन्दा चलाउने गर्दछन् । नवराज सिलवाल लगायत कतिपय प्रहरी त यसकै कारण बदनाम समेत भए ।

अहिले सिआइबीले मिटरब्याजको अनुसन्धान गरेको देखेर प्रहरी अधिकारी नै चकित भएका छन् । चितवनकी सुजिता भण्डारीदेखि कञ्चनपुरकी निर्मला पन्तसम्मको हत्याको कारण सिआइबीले पत्ता लगाउन सकेको छैन । पर्यटकको उद्धारको नाममा भएको करोडौं ठगीदेखि ललिता निवासमा भएको अनियमिततासम्बन्धि फाइल थन्काएर राखेको सिआइबीले मिटरब्याजको अनुसन्धान थालेर संस्थाको गरिमा गिराएको चर्चा प्रहरीमा छ ।

प्रतिक्रिया दिनुहोस्