Logo
Logo

प्रहरीलाई दिएको एक अर्ब फिर्ता


दृष्टि संवाददाता


काठमाडौं । गत आर्थिक वर्षमा नेपाल प्रहरीलाई सरकारले दिएको एक अर्ब रुपैयाँ फिर्ता भएको छ । खर्च हुन नसकेको बजेट फ्रिज भएर सरकारको खातामा फिर्ता भएको हो ।

फिर्ता भएको एक अर्ब पाँच करोडमध्ये धेरैजसो तलब भत्ताको बजेट हो । कोभिड महामारीका कारण गत वर्ष प्रहरीको भर्ना प्रक्रिया रोकियो । जसकारण लामो समय १० हजार भन्दा धेरै पद रिक्त हुन पुग्यो । सरकारले ७९ हजार पाँच सयलाई नै बजेट पठाउने गर्दछ ।

नेपाल प्रहरीको तलब तथा भत्ता गरेर वर्षमा करिब ३५ अर्ब खर्च हुने गरेको छ । यो वर्षदेखि प्रहरीको राशनभत्ता समेत बढेको छ । जसअनुसार प्रहरीको बजेट डेढ अर्ब बढेको छ । यो वर्ष प्रहरीले करिब ४२ अर्ब रुपैयाँ पाएको छ ।

प्रहरीले पाउने बजेटमध्ये ९३ प्रतिशत प्रशासनिक खर्च हुने गरेको छ । बाँकी सात प्रतिशतमा भवन निर्माणदेखि गाडी, इन्धन जस्ता विषयमा खर्च हुने गर्दछन् । प्रहरीले अपराध अनुसन्धानमा ज्यादै न्यून बजेट पाउने गरेको छ । सरकारले सधैं स्रोत साधनमा प्रहरीलाई मुठी कस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्