Logo
Logo

ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको छ ।

संविधान विपरित अध्यादेशमार्फत गरिएका नियुक्तिहरुले दीर्घकालि अवसर पुर्याउने भन्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच त्यस्ता नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्