Logo
Logo

फेरि बढ्यो कोरोना संक्रमितको संख्या


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप तीन हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई हजार २०२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा कूल आठ हजार ८३६ पीसीआर र चार हजार २९९ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख २१ हजार ६१७ पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ६०७ पुगेको छ ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप एक हजार १९५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्