Logo
Logo

सन्दीपले गुमाए ‘दी हन्ड्रेड’, नेपाल फर्कंदै


दृष्टि संवाददाता


काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता गुमाउने निश्चित भएको छ ।

बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएपछि सन्दिपले द हन्ड्रेड प्रतियोगिता गुमाउने निश्चित भएको हो । सन्दिपले सामाजिक सञ्जालमार्पत आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘म जुलाई ९ मा बेलायत आउँदासम्म कुनै समस्या थिएन । त्यसपछि मलाई सरकारी क्वारेन्टिन केन्द्रमा पठाइयो । जुलाई १८ मा मेरो क्वारेन्टिन अवधि सकिनुभन्दा दुई दिनअघि ईसीबीले मेरो भिसा सकिएको र जतिसक्दो छिटो मैले मुलुक छाड्नुपर्ने बतायो । मैले के गल्ती भएको छ भनेर सोधेँ तर मलाई ईसीबीका कसैले पनि स्पष्ट जवाफ दिएनन् । मलाई थाहा थियो कि विवाद बढ्दै गए त्यसले ठूलो रुप लिन सक्थ्यो । तर कम्तीमा मेरो वैध भिसा जुनसुकै स्थानमा किन वैध हुँदैन भन्ने प्रश्नको उत्तर जान्ने हक मलाई थियो ।

सन्दीप आज वा भोलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए । उनले भने ‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछौँ ।’

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । उनी ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्