Logo
Logo

स्थानीयसँग झडप हुँदा १२ प्रहरी घाइते


दृष्टि संवाददाता


धनगढी । धनगढी उपमहानगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । मंगलबार साँझ उपमहानगरपालिका –३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए । स्थानीयले गरेका ढुंगा प्रहारबाट १२ प्रहरी घाइते भएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

स्थानीयतर्फ घाइते भएरनभएको विवरण भने आएको छैन । आक्रोशित स्थानीयलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको एसपी अधिकारीले बताए ।

बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्‍न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।

उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्