Logo
Logo

कालीगण्डकी डाइभर्सनबारे न्यायाधीशबीच राय बाझियो


दृष्टि संवाददाता


काठमाडाैं । कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना सम्वन्धी मुद्दामा सर्वोच्चका दुई न्यायाधीसको राय बाझिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालले आयोजनाको पक्षमा र न्यायाधीश प्रकाशमान सिंह राउतले विपक्षमा मत जाहेर गरका हुन् ।

न्यायधीय राउतले यो आयोजना सञ्चालन गर्दा हजारौं मानिसहरुको आस्थामा चोट पुग्ने तथा संवैधानिक एवं कानूनी व्यवस्था विपरित हुने जिकिर गरेका छन् । आयोजनालाई रोक्न अन्तरिम आदेश दिनुपर्ने उनको मत छ ।

तर, न्यायाधीश फुँयालले भने आयोजनाका प्रारम्भिक कामहरु नै रोक्ने गरी अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेका छन् ।

न्यायाधीशको राय बाझीएपछि मुद्दा पूर्ण इजलासमा जाने भएको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरले गत असार २९ गते आयोजनाको काम रोक्न अन्तरिम आदेश दिएका थिए ।

आदेशसहित :

प्रतिक्रिया दिनुहोस्