Logo
Logo

क्षमाशील हुन माधव पक्षीय सांसदको ओलीलाई आग्रह


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय २२ सांसदले ओलीलाई क्षमाशील हुन आग्रह गरेका छन् ।

फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदको बैठकले ओलीलाई क्षमाशील हुन आग्रह गरेका हुन् ।

सांसदले प्रतिशोधको राजनीति नगर्न अध्यक्ष ओलीलाई आग्रह गरे । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन् ।

उनीहरूले पार्टीबाट कारवाही गरेमा कानूनी लडाइँ लड्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्