Logo
Logo

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २५ चैत्र ।

काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । कात्तिकदेखि माघ मशान्तसम्म भने बसले विहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्नेछ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो ।

पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्